सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आज राष्ट्रिय सभाका २ समिति सभापति निर्विरोध निर्वाचित हुँदै

आज राष्ट्रिय सभाका २ समिति सभापति निर्विरोध निर्वाचित हुँदै

330
Shares
आज राष्ट्रिय सभाका २ समिति सभापति निर्विरोध निर्वाचित हुँदै

काठमाडौं । राष्ट्रिय सभाका दुई वटा विषयगत समितिले आज सभापति पाउँदैछन् । 

दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।

समितिहरुका सभापतिका लागि शनिबार मनोनयन दर्ता भएको थियो । उनीहरु एकल उम्मेदवार भएकाले आइतबार निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ ।

प्रमुख चार दल कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले राष्ट्रिय सभाका चार समितिहरुमध्ये एक-एक वटाको सभापति भागबन्डा गरेर लिएका छन् ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार यसअघि सभापति रहेकाहरुलाई निरन्तरता दिएर बाँकी दुइटामा यसअघि जसका थिए सोही दलले पाउने गरी उम्मेदवारी दर्ता गराइएको हो ।

एकल उम्मेदवारी परेकाहरु स्वतः निर्वाचित भएको घोषणा आइतबार हुनेछ ।

330
Shares

ट्रेन्डिङ