सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • नगद रकमसहित ५ जुवाडे प्रहरीको नियन्त्रणमा

नगद रकमसहित ५ जुवाडे प्रहरीको नियन्त्रणमा

865
Shares
नगद रकमसहित ५ जुवाडे प्रहरीको नियन्त्रणमा

बारा | जीतपुर सिमरा उपमहानगर वडा नं ७ स्थित जीतपुर बजारमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले मङ्गलवार उनीहरूलाई नगद रकम, मोबाइल र मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय सिमराले जीतपुरका स्थानीय लालबाबु साहको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई ५० हजार नेपाली रुपैयाँ, ३ थान ठुलो र १ थान सानो मोबाइल, २ वटा मोटरसाइकल र केही भारतीय रकमसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा जीतपुरका ५५ वर्षीय शिवचन्द्र सहनी, ६० वर्षीय लालबाबु साह, ५० वर्षीय अफताव आलम, वीरगन्ज महानगरपालिका ३२ का ४० वर्षीय विनोद पंजियार र ५२ वर्षीय मोती साह रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका ५ जनालाई म्याद थप गरेर कानुनी कारबाही अगाडी बढाइएको बताएका छन् ।

‘जुवाडेहरूलाई छोडिदिनुपर्‍यो भन्दै यहाँ चौतर्फी दबाब आएको छ, तर कानुन विपरीत काम गर्नेलाई मैलै त्यतिकै छोड्नेवाला छैन’ प्रमुख क्षेत्रीले भने । प्रहरीले नियन्त्रणमा लिएका मध्ये केही नेकपा एमालेका कार्यकर्ता समेत रहेको प्रहरीले जनाएको छ ।

साहको घरमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले यसअघि पनि सम्बन्धित व्यक्तिलाई पटक पटक सचेत गराएको इप्रका सिमराले जनाएको छ ।

865
Shares

ट्रेन्डिङ