सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीले आज संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने

प्रधानमन्त्रीले आज संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने

300
Shares
प्रधानमन्त्रीले आज संसदमा सांसदहरुको प्रश्नको जवाफ दिने

काठमाडौं | संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले विभिन्न विषयमा सांसदले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनु पर्ने प्रावधान रहेको छ ।

300
Shares

ट्रेन्डिङ