सबैको समाचार
बुधबार, फाल्गुन १६, २०८०
  • होमपेज
  • साँखु बन्दका कारण यात्रु मर्कामा

साँखु बन्दका कारण यात्रु मर्कामा

3160
Shares
साँखु बन्दका कारण यात्रु मर्कामा

शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै आज बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण यात्रु मर्कामा परेका छन् ।
स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई पेस गरेको प्रतिवेदनमा शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनोहरा नगरपालिकामा गाभेको भन्दै आज साँखु बन्द गरिएका कारण शाली नदी आउनेजाने तीर्थयात्रु मर्कामा परेका हुन् ।
ऐतिहासिक, सांस्कृतिक र पौराणिक हिसाबले महत्वपूर्ण शङ्खरापुर नगरपालिकाको अस्तित्व मेटाउन खोजिएको भन्दै शङ्खरापुर भएर चल्ने सवारी साधन पसल सबै बन्द गरिएको स्थानीयवासी पवनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
बन्दले सिन्धुपाल्चोकको मेलम्ची चल्ने सवारी साधन आगमनमा समेत समस्या परेको थियो । बन्द गराउँदै हिँडेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आयोगले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्टै यस क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाऊ सङ्घर्ष समिति गठन गरिएको थियो । रासस

3160
Shares

ट्रेन्डिङ