सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सवारी दुर्घटनामा गाविस पूर्वअध्यक्षको निधन

सवारी दुर्घटनामा गाविस पूर्वअध्यक्षको निधन

325
Shares
सवारी दुर्घटनामा गाविस पूर्वअध्यक्षको निधन

नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व)को साविक नयाँ बेलाहानी गाविसका पूर्वअध्यक्ष भूपलाल अर्यालको सवारी दुर्घटनामा मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा आज अटो दुर्घटनामा घाइते हुनुभएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी वेदबहादुर पौडेलले बताउनुभयो ।

मध्यविन्दु –११ को दमारबाट अरुणखोलातर्फ आउने क्रममा अर्याल सवार ग प्र ०४–००१ ह ००४ नं अटो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते उहाँलाई मध्यविन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको थियो ।

दुर्घटनामा घाइते मध्यविन्दु नपा–१० की ७६ वर्षीय टीका देवी काफ्लेको र ७० वर्षीय तोयानाथ पोख्रेलको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उहाँहरूको अवस्थामा मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विसं २०५४ मा नेकपा (एमाले)को तर्फबाट नयाँ बेलाहानी गाविसको अध्यक्ष पदमा निर्वाचित अर्याल यस क्षेत्रमा नैतिकवान् व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको कार्यकालमा देशभरको उत्कृष्ट गाविसका रूपमा नयाँ बेलाहानी गाविस सम्मानितसमेत भएको थियो । निर्णय प्रक्रिया, परादर्शीता, जनसहभागितालगायतका पक्षको मूल्याङ्कनमा नयाँ बेलाहानी गाविस उत्कृष्ट बनेको थियो ।

लामो समयदेखि सामाजिक तथा रानीतिक कार्यमा क्रियाशील अर्याल हाल मानवअधिकार समूह मध्यविन्दुका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ एमालेको जिल्ला कमिटी सदस्य एवं मध्यविन्दु नगर सहइञ्चार्जको जिम्मेवारीमा रहनुभएको थियो ।

325
Shares

ट्रेन्डिङ