सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • माधव नेपाललाई भेट्न  नेपाल निवास कोटेश्वर पुगे देउवा

माधव नेपाललाई भेट्न  नेपाल निवास कोटेश्वर पुगे देउवा

285
Shares
माधव नेपाललाई भेट्न  नेपाल निवास कोटेश्वर पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् ।

केन्द्रको नयाँ सत्ता समीकरण अनुसार प्रदेश सरकारमा पनि सरकार परिवर्तनको प्रयास भइरहे पनि कतिपय प्रदेशमा एकीकृत समाजवादी निर्णायक देखिएको छ । त्यसैले देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले नेपाललाई उनकै निवासमा पुगेर भेटेका थिए । सो भेटमा नेताहरुले नेपाललाई सत्ता गठबन्धन र सरकारमा सहभागी हुन भनेका थिए ।

पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न गएका हुन् ।

285
Shares

ट्रेन्डिङ