सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  •  मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

 मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

330
Shares
 मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङ रहेको प्रहरीले जनाएको छ ।पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

330
Shares

ट्रेन्डिङ