सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

295
Shares
आमाको हत्या आरोपमा छोरा पक्राउ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । 

ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको हो । घरायसी विवादको कारण मिलनले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत फागुन ३० गते बिहान करिब १०ः०० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको थियो । 

मिलनलाई थाहा नगरपालिका १० बाट नियन्त्रणमा लिई अन्य अनुसन्धान भइरहेको छ ।

295
Shares

ट्रेन्डिङ