सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • छात्रवृत्तिको कोटा निर्धारण गरेर विद्यार्थी भर्ना गर्न मन्त्रालयको अनुरोध

छात्रवृत्तिको कोटा निर्धारण गरेर विद्यार्थी भर्ना गर्न मन्त्रालयको अनुरोध

250
Shares
छात्रवृत्तिको कोटा निर्धारण गरेर विद्यार्थी भर्ना गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी (संस्थागत) विद्यालयमा छात्रवृत्तिको कोटा निर्धारण गरेर मात्रै विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

विद्यार्थी भर्नाकै समयमा छात्रवृत्तिको संख्या छुट्याइ छात्रवृत्ति प्राप्त गर्ने बालबालिकालाई निःशुल्क भर्ना हुने व्यवस्था मिलाउन पनि मन्त्रालयले स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

विद्यार्थी भर्ना भइसकेपछि कोटा छुट्याउँदा विपन्न र सीमान्तकृत समुदायका बालबालिका छात्रवृत्तिबाट वञ्चित हुने अवस्था आएको मन्त्रालयले जनाएको छ ।

प्रत्येक शैक्षिक सत्रमा लिने शुल्कको प्रस्ताव स्थानीय तहमा पेश गरी स्थानीय तहबाट विद्यालयको शुल्क निर्धारण गर्नुपर्ने कानुनी व्यवस्था पनि मन्त्रालयले उल्लेख गरेको छ ।

यस अनुसार मापदण्ड निर्धारण गरी सम्बन्धित स्थानीय तह र विद्यालयको वेबसाइटमार्फत शुल्क सार्वजनिक गर्न मन्त्रालयले आग्रह गरेको छ ।

250
Shares

ट्रेन्डिङ