सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विवाह गर्दा वडाको सिफारिस अनिवार्य

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

405
Shares
विवाह गर्दा वडाको सिफारिस अनिवार्य

रौतहट | रौतहटको चन्द्रपुर नगरपालिकामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य लिनुपर्ने भएको छ । चन्द्रपुर नगरपालिकाले सूचना निकालेर नगरक्षेत्रका नागरिकले कसैको विवाह गर्नुपर्दा सम्बन्धित वडाको सिफारिस अनिवार्य चाहिने जनाएको हो ।

विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले अनिवार्य जन्म दर्तासहित वडामा निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । बालविवाह अन्त्य गर्न भन्दै नगरपालिकाले दशवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गरेको हो ।

कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि विवाहको लागि सिफारिस अनिवार्य गरेको नगरपालिकाले जनाएको छ ।

विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था छ ।

405
Shares

ट्रेन्डिङ