सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

285
Shares
काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आजदेखि गरिब घरपरिवार गणना सुरु गरेको छ ।

गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार महानगरपालिकाभित्रका गरिब घरपरिवार गणना गर्न आजदेखि सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागका तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले बढीमा पाँच महिनाभित्र गरिब घरपरिवार गणना गरिसक्ने गरी आजबाट गरिब घरपरिवार गणना सुरु  भएको बताएका छन् ।

एक जना गणकले एक महिनामा कम्तीमा पनि दुई सय ५० घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने गरी समय र जनशक्ति व्यवस्थापन गरिएको सो विभागले जनाएको छ ।  सङ्कलनका लागि महानगरपालिकाभरि दुई सय नौ गणक खटिएका छन् ।

285
Shares

ट्रेन्डिङ