सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • काठमाडौंको वायु विश्वमै अस्वस्थकर

काठमाडौंको वायु विश्वमै अस्वस्थकर

285
Shares
काठमाडौंको वायु विश्वमै अस्वस्थकर

काठमाडौं । काठमाडौंको वायु  विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको छ भने पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई रहेका छन् ।

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यु एयरका अनुसार काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको हो ।

सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदले सुझाएका छन् ।

285
Shares

ट्रेन्डिङ