सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मानव बेचविखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

मानव बेचविखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

230
Shares
मानव बेचविखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौं | मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घले पक्राउ परेका छन् ।

कुवेत पठाई दिने भनी श्रीलङ्का पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको भन्दै घलेलाई बुधबार काठमाडौँको बबरमहलबाट पक्राउ गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको हो ।

पीडित जाहेरवाला परिवर्तित नाम २६ परिसर (ट)का अनुसार घले समेतका व्यक्तिले कुवेतमा मासिक ८० कुबेती दिनार अर्थात् नेपाली रुपैयाँ २८ हजार बराबर तलब पाइने काममा लगाई दिने लोभ लालचमा पारी राहदानीसमेत आफ्नै खर्चमा बनाई दिएका ब्युरोका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए ।

उनका अनुसार आर्थिक अवस्था कमजोर भएकी पीडितसमेतलाई घलेले लोभ लालचमा पारी भिजिट भिसामा भारतको दिल्ली हुँदै श्रीलङ्काको कोलम्बोमा पुर्याई स्थानीय एजेन्टलाई जिम्मा लगाएको अनुसन्धानबाट खुलेको हो ।

कुवेत जानको लागि ‘तिमीहरूको दिल्लीमा भिसा आई सक्यो, अब दिल्ली जानु पर्छ, दिल्लीमा धेरै दिन बस्नु पर्दैन’ भनी २०७३ सालको साउन महिनामा भारतको नयाँ दिल्ली हुँदै भिजिट भिसामा श्रीलङ्काको कोलम्बोमा पुर्याई कोठामा राखी कुटपिट गरी बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा २६ परिसर (ट) नेपाल फर्किन सफल भएकी थिइन् ।

भिजिट भिसामा पठाउँदा घलेले श्रीलङ्काको कोलम्बोमा बुद्ध दर्शनको लागी जान लागेको भन्नु भनी सिकाएको, श्रीलङ्काको कोलम्बोमा पुर्याए पश्चात् श्रीलंकन मूलकको एजेन्टले पीडितको राहदानी लगायतका कागजात नियन्त्रणमा लिई पर्याप्तसँग खानसमेत नदिई पीडितलाई कुटपिट गरी बन्धक बनाई राखेका थिए । घटनामा संलग्न अन्य अभियुक्तको खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार घलेलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

230
Shares

ट्रेन्डिङ