सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

सुनचाँदीको भाउ घट्यो

1425
Shares
सुनचाँदीको भाउ घट्यो

काठमाडौ | नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो । यसअघि, आइतबार छापावाल सुन १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय ९० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

1425
Shares

ट्रेन्डिङ