सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • नेपाल पत्रकार महासंघमा ड्राइभर, बैंकर र सरकारी कर्मचरी ?

नेपाल पत्रकार महासंघमा ड्राइभर, बैंकर र सरकारी कर्मचरी ?

3890
Shares
नेपाल पत्रकार महासंघमा ड्राइभर, बैंकर र सरकारी कर्मचरी ?

भूपेन्द्र आचार्य
नेपाल पत्रकार महासग काठमाडौं शाखामा नयाँ सदस्यता विवाद चर्र्किएको छ । प्रेस चौतारी नेपालले बैंक कर्मचारी, मेनपावरका मालीक, खानेपाली संस्थान र बोर्डका बहालवाला कर्मचारी, ड्राइभर र हकर गरी ७५, जना सिन्धुपाल्चोक जिल्लाका रेडियो र विभिन्न पत्रिकाका नाममा १४ जना नयाँ सदस्यमा एमाले कार्यकर्तालाई दिने तयार गरेपछि विवाद चर्किएको फेला परेको छ ।
इन्द्रेणी साप्ताहिक, सिन्धु साप्ताहिक, रेडियो सिन्धु, दृष्टि साप्ताहिकवाट १० जना, बुधवार साप्ताहिकवाट १० जना, रोडम्याप साप्ताहिकवाट २ जना (श्रीमती र बहिनी) जस्ता पत्रिकाबाट सरकारी कर्मचारी, मेनपावर मालिक र बैंक कर्मचारी, ड्राइभरहरुको नामको निवेदन नेपाल पत्रकार महासंघमा नयाँ सदस्यताको लागि पुगेको फेला परेको छ । के सिन्धुपाल्चोकमा पत्रकार महासंघ छैन ।
किन काठमाडौंमा सदस्यता हाल्न लगाइयो ? किन सरकारी बैंक कर्मचारी, मेनपावर मालिक र ड्राइभरलाई सदस्यता दिइदैछ । यदि काठमाडौं शाखा बचाउने हो भने सम्पूर्ण पार्षद सार्थीहरुले आन्दोलन गर्ने बेला अब भएको छ । एउटै साप्ताहिक पत्रिकावाट ७÷७ जनाको सदस्यता माग गरिएको छ ।
के नेपाल पत्रकार महासंघ काठमाडौं शाखा एमाले कार्यकर्ताको भर्ती केन्द्र हो ? यो साना लगानीका पत्रपत्रिकाको संस्था हो । यो बुझ्न जरुरी छ । यदि ४४० जना सबैको नाम केन्द्रमा नपठाए पत्रकार महासंघ तोडफोड गर्ने धम्की दिने एमाले कार्यकर्ता पत्रकार हुन कि गुण्डा ? यो छानविन हुन जरुरी छ कि छैन ? नेपाल पत्रकार महासंघ केन्द्रिय समिति के हेरि बसेको छ ? होसियार नेपाल पत्रकार महासंघ काठमाडौं सिध्याउने खेल प्रेस चौतारीका साथीहरुबाटै हुँदैछ । सचेत रहौं ।

3890
Shares

ट्रेन्डिङ