सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

आमा बन्दै सनी लियोन

4815
Shares
आमा बन्दै सनी लियोन

पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन आमा बन्ने भएकी छिन् । उनले हालै एउटा अन्तर्वातामा आफू आमा बन्न लागेको खुलासा गरेकी हुन् ।आमा बन्न शारीरिक रूपमा आफूलाई मुस्किल हुन सक्ने बताउने सनीले आफ्नो जिन्दगीमा अहिले धेरैथोक भएको अपूरो कुरा गरेकी छिन् । ‘कसले भन्न सक्छ कि यो हुन सक्दैन, म केही दिनमा आफ्नो हातमा एउटा बच्चा लिएर आऊँ अनि मान्छेहरू त्यो बच्चा कहाँबाट आयो भनेर चकित परून्,’ सनीले भनेकी छिन्, ‘यो असम्भव पनि छैन । हुन नसक्ने कुरा पनि होइन ।’
सनीको यस्तो अभिव्यक्तिबाट भारतीय मिडियाले ठोकुवा गरेका छन् कि उनी सेरोगेसी (भाडाको कोख)को मद्दतबाट आमा बन्दै छिन् । बलिउडमा पछिल्लो समय सेरोगेसीको प्रचलन बढेको छ । आमिर खान, शाहरुख खान, करण जौहर, सोहेल खान, तुषार कपुरलगायतका केही सेलेब्रिटी यही प्रक्रियाबाट बाबु बनेका छन् ।
एकातिर आफ्नै कोखबाट आमा बन्न मन लागेको र अर्कोतिर सेरोगेसीमा पनि मन गएको दोधारे कुरा सनीले गरेकी छिन् । शारीरिक कमजोरीका कारण सनीले सेरोगेसी अपनाउन लागेको पनि खबर चलेको छ । काठमान्डाै टुडेबाट

4815
Shares

ट्रेन्डिङ