सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

285
Shares
मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

ठक्करबाट धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डलको मृत्यु भएको हो । उनलाई बिहीबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

 मण्डलको सिता हस्पिटल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरीले जनाएको छ । प्रदेश ०२-००७ प २९४३ नम्बरको ठक्कर दिने उक्त मोटरसाइकल विदेह नगरपालिका ६ का ३० वर्षीय रोहित मण्डलले चलाइरहेको र उनी फरार भएका छन् ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

285
Shares

ट्रेन्डिङ