सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

225
Shares
त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौँ :- थाई एयरको उडानमा बैंककबाट आएकी एक भारतीय महिलाबाट प्रहरीले अन्दाजी ८ सय ५० ग्राम सुन बरामद गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेलका अनुसार, कालो टेपले बेरेर ल्याइएको सुन अध्यागनतर्फ ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो ।

साहिना परविन नामकी ती भारतीय महिलाले कट्टुभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले आगमन टनेल गेटमा प्रक्राउ गरिएको एसएसपी पोखरेलले बताए । प्रहरीले यी महिलालाई पेशेवर सुन तस्करमा संलग्न भएको आशंका गरेको छ ।

उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

225
Shares

ट्रेन्डिङ