सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देशभरि बढ्दो गर्मी, तराईका जिल्लाहरुमा जनजीवन प्रभावित

देशभरि बढ्दो गर्मी, तराईका जिल्लाहरुमा जनजीवन प्रभावित

310
Shares
देशभरि बढ्दो गर्मी, तराईका जिल्लाहरुमा जनजीवन प्रभावित

काठमाडौं । पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । 

गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

शनिबार धनगढीमा ४०.६ र नेपालगञ्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ ।

खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।

310
Shares

ट्रेन्डिङ