सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • १३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ

१३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ

280
Shares
१३ वटा सहकारीमा चोरी गर्ने गिरोह पक्राउ

झापा । झापामा १३ वटा सहकारी संस्थामा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सुनिल भन्ने सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २८ वर्षीय अजय रानामगर र २६ वर्षीय सुजन स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।

 सहकारी फोड्न प्रयोग भएका विभिन्न औजारहरु, मुख छोप्ने गम्छा, दुईवटा मोटरसाइकल सहित उनिहरुलाई पक्राउ गरिएको हो । उनिहरुले जिल्लाका विभिन्न सहकारीहरुबाट ३० लाखभन्दा बढी रकम चोरी गरेका थिए ।

 झापा जिल्ला अदालतबाट चोरी कसुरमा अनुसन्धानका लागि पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न सुरु गरिएको  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले  बताए ।

280
Shares

ट्रेन्डिङ