सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

315
Shares
कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदै छ ।

भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम छ ।

शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ । होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको राजासहितको टोली सहभागी हुनेछ । त्यसपछि कतारी टोली आजै दिउँसो नेपालबाट फर्किने कार्यक्रम छ ।

315
Shares

ट्रेन्डिङ