सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • धुलिखेलको काभ्रे भञ्ज्याङमा बनेको नगर अस्पताल संचालनमा नआउँदै भाँसियो

धुलिखेलको काभ्रे भञ्ज्याङमा बनेको नगर अस्पताल संचालनमा नआउँदै भाँसियो

29910
Shares
धुलिखेलको काभ्रे भञ्ज्याङमा बनेको नगर अस्पताल संचालनमा नआउँदै भाँसियो

काभ्रे: काभ्रेको धुलिखेल नगरपालिकाले निर्माण सम्पन्न नै गरिसकेको १५ शैयाको नगर अस्पताल संचालन हुनु अगाबै भाँसिएको छ । काभ्रे भञ्ज्याङमा ११ करोड ४२ लाख ३७ हजार ८ सय ६१ रुपयौं बजेटमा निर्माण भएको नगर अस्पताल संचालनमै नआई अस्पतालको भवनको जग भाँसिएको हो।

नगरको स्वास्थ्य अवस्थामा सुधार ल्याउन र स्वास्थ्यको प्रत्याभूति जनतालाई दिलाउने उद्देश्यका साथ निर्माण गरिएको अस्पताल सम्पन्न पश्चात प्रयोग नगर्दा नै भासिएको र सोहि अस्पतालबाट सेवा दिन समेत नगरले तत्काल नसक्ने धुलिखेल नगरपालिकाले जनाएको छ।

नगरपालिकाले स्वस्थ नगरको अवधारण अनुरुप थुप्रै कार्य गरेको र केहि महिनामै धुलिखेललाई स्वस्थ सहर बनाउने भन्दै चर्को भाषण गर्ने धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठलाई भने सम्पन्न भइसकेर अस्पताल संचालनमा ल्याउन नसक्ने अवस्था पुग्दा समेत ध्यान किन नगएको होला भन्दै स्थानीय प्रश्न गर्न थालेका छन्।

केपी ओलीले देशभरीका ३ सय ९६ वटा अस्पताल शिलन्यास गर्ने क्रममै शिलन्यास गरिएको यो अस्पताल अहिले निर्माण सम्पन्न भए पछि अस्पतालको जग भाँसिएर अलपत्र अबस्थामा देख्न सकिन्छ ।

२०७८ असार १४ गते निर्माण सम्झौता भएर निर्माण सुरु गरिएको अस्पतालको निर्माण सम्पन्न २०७९ माघ १० गते निर्माण सम्पन्नको प्रतिबेदन पेश गरेको भएता पनि औपचारिक रुपमा बहने पेश गर्न बाँकी रहेको छ । १ वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सम्भार र संरक्षणको जिम्मेवारी निर्माण संस्थाकै रहेको नगरपालिकाका सव इन्जिनियर रोजन ताम्राकारले जानकारी दिए।

ताम्राकारका अनुसार सो अस्पतालका अहिले भाँसिएको ब्लक र अन्य मर्मत निर्माण संस्था ड्रागन कमलजित शिवालय जे भि ले नै व्यहोर्नु पर्ने र मर्मत नगरेको खण्डमा उसले राखेको बैकं ग्यारेन्टीबाट अशुल गरेर सम्म कार्य नगरले गर्ने ताम्राकारको दावी छ।

२०७८ असार १४ गते १२ करोड ९० लाख ८८ हजार ७ सय ८३ (भ्याट सहित ) रुपयौं बजेटमा सम्झौता गरेर निर्माण थालिएको नगर अस्पतालको भवनको निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०८० असार १४ मा निर्माण सम्पन्न गर्नु पर्ने सम्झौतामा उल्लेख थियो।

नगर अस्पाताल कहिले संचालनमा आउला भनेर हामीले नगरका प्रमुख प्रशासकिय अधिकृतलाई बुझ्दा गर अस्पताल निर्माण गर्नका लागि संघिय सरकारबाट स्पष्ट निर्देशन आएता पनि नगर अस्पताल संचालनका लागि भने स्पष्ट निर्देशन नभएको र नगर अस्पताल संचालन गर्नका लागि आवश्यक उपकरण र जनशक्ति नभएकाले नगर अस्पताल यहि मितिबाट संचालन हुन्छ भन्न नसकिने उनले बताए ।

उनका अनुसार नगरले जनशक्ति र उपकरणको व्यवस्थापन गर्नका लागि स्पष्ट निर्देशन सम्म नभएकाले अव नगर अस्पताल संचालनका लागि आवश्यक र जनशक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कार्यालयलाई पत्राचार गर्ने र सक्दो छिटो नगर अस्पताल संचालन गर्ने उनले बताए ।

नगर नै स्वस्थ सहर बानाउने तयारीमा रहदा नगर अस्पताल नै संचालन गर्न नसक्दा लक्ष प्राप्तिमा असर के होला भनेर हामीले प्रश्न गर्दा मगरले धुलिखेलमै देशकै चर्चित अस्पताल रहेको र वडा वडामा स्वास्थ्य संस्थाहरु पनि रहेकाले लक्ष प्राप्ति गर्न अपठ्यारो नगर्ने उनको दावी छ।

केहि समयमै नगर अस्पताल संचालनमा समेत पहल गर्ने हुनाले केहि समय पश्चात यसै अस्पतालले समेत नगरको लक्ष प्राप्तिलाई सधाउ पुर्याउने उनले जानकारी दिएका छन्।

29910
Shares

ट्रेन्डिङ