सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेलमा ट्रक दुर्घटना: ५ जना घाईते

काभ्रेको धुलिखेलमा ट्रक दुर्घटना: ५ जना घाईते

780
Shares
काभ्रेको धुलिखेलमा ट्रक दुर्घटना: ५ जना घाईते

काभ्रे :- धुलिखेलको बेईजिङप्लानमा महेन्द्र निशान ट्रक दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।

आज बिहान बेईजिङप्लान नजिकै बि. पि राजमार्गमा काभ्रेभन्ज्याङबाट धुलिखेल आउदै गरेको बा ३ क २९३ नम्बरको महेन्द्र निशान ट्रक आफै अनियन्त्रि भई सडक बाट १०० मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटना हुँदा काभ्रे नमोमुद्ध नगरपालिका वडा नम्बर ६ खाक्सि बस्ने ट्रक चालक ५६ वर्षिय ईन्द्र बहादुर तामाङ, गंगा बहादुर तामाङ, निजकै श्रीमति मिच्याउ तामाङ र पञ्चलाल तामाङ घाइते भएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


780
Shares

ट्रेन्डिङ