होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति

स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति

स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ । प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।
बुधबार बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।
इन्द्रेणी फुडल्याण्डमा बसेको बैठकमा नेविसंघ अध्यक्ष नैनसिंह महर, अनेरास्ववियु अध्यक्ष नविना लामा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने र विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउने सहभागी थिए ।
अखिल क्रान्तिकारीका व।र उपाध्यक्ष रञ्जित तामाङले स्ववियु चुनाव पाँच दिन पछि सार्ने सहमति भएकाले अब त्रिभुवन विश्वविद्यालयलाई त्यसबारे जानकारी गराइने बताए ।
त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्बजनिक गरेको थियो । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले त्यसको विरोध गर्दै आएको थियो ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले बिहीबार दिउँसो दुई बजे प्रमुख विद्यार्थी संगठनका नेताहरुलाई छलफलमा बोलाएको छ । सम्भवतः त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको नयाँ तालिका सार्बजनिक गर्नेछ ।

ट्रेन्डिङ