सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • काठमाडौं पत्रकारमा त्रिपक्षीय भिडन्त

काठमाडौं पत्रकारमा त्रिपक्षीय भिडन्त

4135
Shares
काठमाडौं पत्रकारमा त्रिपक्षीय भिडन्त

पत्रकारहरुको केन्द बिन्दु रहेको नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १० औं अधिवेशन आज हुँदैछ ।
पूराना एक हजार र नयाँ करिब ५ सय सदस्यता रहेको काठमाडौं शाखामा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको हो ।
काँग्रेस निकट प्रेस यूनियनको तर्फबाट श्रीजन झा, एमाले निकट प्रेस चौतारीबाट शान्ताराम विडारी माओवादी निकट प्रेस सेन्टरबाट रामकृष्ण अधिकारीले उमेदवारी दिने भएका छन् ।
यी तीनवटै संगठन वीच पटक÷पटक वार्ता र सम्वाद भए पनि अध्यक्ष पद कुनै संगठनले नछाड्ने भएपछि त्रिपक्षिय भिड्न्त हुने भएको हो । अधिकाशं साना मासिक, साप्ताहिक पत्रिकाहरुका सम्पादक÷प्रकाशक र उनीहरुका सम्वाददाताहरुको वाहुलियत रहेको काठमाडौं शाखामा यी तीन अध्यक्षका उम्मेदवार वीच प्रतिस्पर्धा भए श्रीजन झा र शान्ताराम विडारी वीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रेस सेन्टरबाट फूटे वैद्य, बाबुराम र विप्लप माओवादी संगठनको पनि काठमाडौंमा जन्म भएकोले प्रेस सेन्टरका राम कृष्ण अधिकारीको खासै मत नआउने देखिन्छ । श्रीजन झालाई राष्ट्रवादी पूराना र अनलाइनवाट सदस्यता दिएका नयाँ सदस्यहरुले समेत समर्थन रहेको देखिन्छ । उता शान्ताराम विडारीलाई प्रेस चौतारीले २ कार्यकाल विजयी भएको शाखा भएकोले उनको पनि राम्रो प्रवाह भएका कारण झा र विडारी बिच चर्को प्रतिस्पर्धा हुने सदस्यहरुको दावी छ ।
करिब १५ सय सदस्यता रहेको काठमाडौं शाखामा पार्षदहरुको पनि यस्तै अवस्था छ । १० जना बराबर १ पाषर्द हुने व्यवस्था भए अनुसार अधिकाशं साना छापा कै सम्पादक÷प्रकाशकहरु नै पाषर्द हुने देखिन्छ । करिब १४० पाषर्द हुने यस शाखामा पुराना अधिकाशं पत्रकार छानिने प्रस्टै छ ।
अन्य पदमा भने महिला उपाध्यक्ष उम्मेदवारमा सीता देवी पोखरेल, कोषाध्यक्षमा अर्जुन डोटेल, उपाध्यक्षमा कालिका महतहरुको जीत प्रायः निश्चित जस्तै देखिन्छ । अन्य पदमा पनि यूनियन र चौतारी वीच प्रतिपस्र्धा हुने देखिन्छ ।
काठमाडौं शाखाको अधिवेशनले केन्द्रीय महाधिवेशनमा ठूलो महत्व राख्ने भएकाले यूनियन र चौतारीको प्रतिष्ठाको विषय काठमाडौं शाखा बनेको छ ।

4135
Shares

ट्रेन्डिङ