सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विप्लब नेतृत्वको माओवादीका दुई कार्यकर्ता पक्राउ

विप्लब नेतृत्वको माओवादीका दुई कार्यकर्ता पक्राउ

4420
Shares
विप्लब नेतृत्वको माओवादीका दुई कार्यकर्ता पक्राउ

बनेपा, २२ वैशाख । प्रहरीले काभ्रेपलाञ्चोकमा विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई आज मण्डन देउपुरस्थित घरबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा मण्डनदेउपुर नगरपालिका– १० का ४५ वर्षीय शङ्कर नेपाल र सोही ठाउँका ४७ वर्षीय भोला नेपाल रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा करिब १०० जना विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको अनुमान गर्दै प्रहरीले उनीहरुमाथि कडा निगरानी राखेको जानकारी दिनुभयो । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन बिथोल्ने घोषणा गरेको छ । रासस

4420
Shares

ट्रेन्डिङ