सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बैंक तथा वित्तिय संस्थामा लगानीको स्रोत पर्याप्त: गभर्नर

बैंक तथा वित्तिय संस्थामा लगानीको स्रोत पर्याप्त: गभर्नर

4480
Shares
बैंक तथा वित्तिय संस्थामा लगानीको स्रोत पर्याप्त: गभर्नर

काठमाडौं, वैशाख २२ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नेपालका बैंक तथा वित्तिय संस्थासँग प्रशस्त लगानीको स्रोत रहेकाले अव क्रियटीभ भएर काम गर्न आग्रह गरेका छन् । राजधानीमा शुक्रबार डेभलपमेन्ट बैंकर्स एसोसिएसनको ११ औं साधारणसभालाई सम्वोधन गर्दै गभर्नर नेपालले सो कुरा वताएका हुन् ।
उनले विदेशको जस्तै नयाँ टेक्नोलोजी अनुसार लगानीका वाटाहरु पछ्याउन बैंकहरुलाई सुझाव दिए । विदेशमा बैंक तथा वित्तिय संस्थाले नयाँ नयाँ टेक्नोलोजी प्रयोग गरेर प्रणालीगत सुधार गर्न गरेको र नियामक निकायले नियमन गर्ने गरेको वताए । तर, नेपालमा भने नियामक निकायले लतारेर हिडाउनुपर्ने अवस्था अझै रहेको वताए ।
डेभलपमेन्ट बैंकर्स संघको नयाँ नेतृत्व चयन गर्ने गरि साधारणसभा हुदैछ । नयाँ नेतृत्वका लागि मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल अध्यक्षका लागि दावेदर देखिएका छन् ।

4480
Shares

ट्रेन्डिङ