सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कांग्रेस नेताको गाडी दुर्घटनाग्रस्त

कांग्रेस नेताको गाडी दुर्घटनाग्रस्त

3095
Shares
कांग्रेस नेताको गाडी दुर्घटनाग्रस्त

परासी, ५ जेठ (रबिन्द्र यादव) । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलको गाडी दुर्घटना ग्रस्त भएको छ । उनले प्रयोग गर्ने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्त्रित भई सडक छेउमा रहेको केही रुखमा हो । दुर्घटनामा परी गाडी चालक अलाउद्दिन अन्सारी घाईत्ते भएका छन् । उनको सदरमुकाम परासीमा उपचार भइरहेको छ । नेता कंडेल भने गाडिमा नभएको बताइएको छ ।
कंडेलको निवास महेशपुरवाट आफ्नै पेट्रोल पम्प सरावल ४ मंगलापुर ईन्धन लिन जाने क्रममा दुर्घटना भएको नेता कंडेलले फोन मार्फत जानकारी गराए । हाल भुतहां परासी सडक खण्ड निर्माणधिन रहेको छ भने अहिले सो बाटोमा ग्रेभेल ओछ्याईएको छ । साना ग्रभेलका कारण गाडि अनियन्त्रित भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

3095
Shares

ट्रेन्डिङ