सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • आगलागीबाट बालिकाको मृत्यु

आगलागीबाट बालिकाको मृत्यु

3050
Shares
आगलागीबाट बालिकाको मृत्यु

रुकुम, ५ जेठ । बाँफिकोट गाउँपालिका–६ जिप्सिङका लक्षिराम बुढाथोकीका घरमा आगलागी हुँदा उनकी पाँच वर्षीया छोरी डल्ली बुढाथोकीको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बालिका घरभित्र एक्लै बसेको र परिवारका अन्य सदस्य काममा बाहिर गएका बेला घरमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रबहादुर स्वाँरले जानकारी दिनुभयो । आगो करिब एक घन्टापछि स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । आगलागीबाट एक घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । रासस

3050
Shares

ट्रेन्डिङ