सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेमा रास्वपा आक्रमक बन्दै, जिल्लामा भएका ब्रम्हलुट रोक्न समिति गठन

काभ्रेमा रास्वपा आक्रमक बन्दै, जिल्लामा भएका ब्रम्हलुट रोक्न समिति गठन

4210
Shares
काभ्रेमा रास्वपा आक्रमक बन्दै, जिल्लामा भएका ब्रम्हलुट रोक्न समिति गठन

काभ्रे : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो देश ब्यापी संगठन विस्तार तिब्र गतिमा गर्दै आइरहेको छ। सोहि क्रममा काभ्रेको पनि संगठन विस्तारलाई रास्वपाले तिब्रता दिईरहेको छ।

काभ्रेबाटनै रास्वपाले नौलो अभियान “निगरानी तथा खबरदारी समिति” गठन गरी जिल्ला भरका विकास निर्माणको निगरानी संगै खबरदारी गर्नका लागि यो समिति गठन गरेर अघि बढेको रास्वपा काभ्रेले जानकारी दिएको छ।

केहि समय अघि पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरको भेला र संगठन विस्तार पछी केहि हौसिएको रास्वापाले त्यसपछि रोशी गाउँपालिका र तेमाल गाउँपालिकामा पनि संगठन विस्तार गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको बनेपामा हिजो आइतबार बसेको प्रदेश सदस्य , क्षेत्रिय सदस्य र पालिका सभापतिहरुको संयुक्त बैठक बाट नयाँ ,क्षेत्रीय सदस्य र पालिका सभापतिहरुलाई बधाई तथा शुभकामना सहित कार्य बिभाजन गरेको छ ।

पालिका संगै वडा वडामा रास्वपा अभियान लिएर संगठन बिस्तारको काम तीब्र गतिमा नगर,वडा,जिल्ला भरी भइरहेको कार्यको समिक्षा गर्दै थप प्रभाबकारी बनाउदै जाने गरी बैठकले निर्णय लिएको रास्वपा बागमती प्रदेश सदस्य काभ्रे जिल्ला संयोजक प्रविण ढकालले जानकारी दिए।

उनका अनुससार विभिन्न शिर्षकका नाममा हुने ब्रम्हलुटहरुको शुक्ष्म अध्ययन गरी जानकारी सङ्गकलन गर्ने भएको जानारी दिए। उनका अनुसार रास्वपा काभ्रेले आज गठन जिल्ला समयोजन प्रविण ढकालकै सम्योजकत्वमा “निगरानी तथा खबरदारी समिति ” गठन गरिएको हो ।

निगरानी तथा खबरदारी समितिमा ढकालसहित,सदस्यहरुमा गुणनिधि सापकोटा (जियन) ,तारा बहादुर कुबर,मधु चौलागाईं ,जुनु तिमिल्सिना ,प्रकाश तिमिल्सिना रहेका छन् । अब उनीहरुले नै केहि निगरानी तथा खबरदारी सूचना संकलन गर्ने छन् ।

4210
Shares

ट्रेन्डिङ