सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • यी हुन् १०० भन्दा कम मतान्तरमा भएका हार-जित

यी हुन् १०० भन्दा कम मतान्तरमा भएका हार-जित

4040
Shares
यी हुन् १०० भन्दा कम मतान्तरमा भएका हार-जित

७ वैशाख, काठमाडौं । पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनमा केही स्थानमा निकै कडा प्रतिस्पर्धा भयो । कतिसम्म भने केही ठाउँमा उम्मेदवारको बराबरी मत आउँदा गोलाप्रथासम्म गर्नुपर्यो । आजको नयाँ पत्रिका दैनिकमा कम मतान्तरले भएका हार–जितको खबर छापिएको छ ।
गोलाप्रथाबाट निर्वाचित
सल्यानको ढोरचौर गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी ३२१ मत प्राप्त गरे । दोहोर्याएर मतगणना गर्दा पनि मत बराबरी नै आएपछि गोलाप्रथाबाट टुंगो लगाइयो । गोलाप्रथामा कांग्रेसका दिनेशले बाजी मारे ।
डोल्पाः मुड्केचुलामा जम्मा २ मतको फरक
सबैभन्दा कम मतान्तर अर्थात् २ मतले डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित भएका छन् । उनले ९३३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लंकबहादुर रोकायाले ९३१ मत प्राप्त गरे । सो गाउँपालिकामा कुल मतदाता २,४०४ छन् ।
जुम्लाः हिमा गाउँमा ३ मतको फरक
जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा माओवादी उम्मेदवार राजबहादुर शाहीले तीन मतन्तरले जितेका छन् । उनले १,३१७ मत पाए भने उनका प्रतिद्वन्द्वी एमालेका भैरवबहादुर रोकायाले १,३१४ मत पाएका छन् । सो गाउँपालिकाको मतदाता संख्या ५,१६९ छ ।
डोल्पाः त्रिपुरासुन्दरीमा १८ मत फरक
नगरपालिका प्रमुखमा एमालेका ओमबहादुर बूढा १८ मतान्तरले विजयी भए । उनले १६०९ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका डिलबहादुर विष्टले १५९१ मत प्राप्त गरे ।
सिन्धुलीः तीनपाटनमा १९ मतको फरक
सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णबहादुर थापा १९ मतान्तरले विजयी भए । प्रतिद्वन्द्वी एमालेका छत्रबहादुर दाहालले ५,६८२ मत पाएका छन् भने विजयी थापाले ५,७०१ मत पाएका छन् ।
जाजरकोटः बारेकोटमा १९ मत फरक
गाउँपालिका प्रमुखमा कांग्रेसका महेन्द्रबहादुर शाह १९ मतान्तरले विजयी भए । उनले २१४८ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी माओवादीका तिलक रावतले २१२९ मत प्राप्त गरे ।
धादिङः ज्वालामुखीमा २८ मत फरक
धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार विनोद तिमल्सिनाले २८ मतअन्तरले जितेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका रामप्रसाद अधिकारीले ५ हजार ९२६ मत प्राप्त गरेका छन् । तिमल्सिनाले ५ हजार ९ सय ५४ मत पाएका छन् । कुल जनसंख्या २३ हजार ९६६रहेको उक्त गाउँ पालिकामा जम्मा मतदाता संख्या १७ हजार २९७ छ ।

4040
Shares

ट्रेन्डिङ