काभ्रे : आर्थिक वर्ष २०७८/७९को संघारमै पाँचखाल नगरपालिकाले बजेट सार्वजनिक गरेको छ । पाँचखाल नगरपालिकाद्वारा आज (बिहीबार)आयोजित नवौँ नगर अधिवेशनले आर्थिक वर्ष २०७८/२०७९को लागि बजेट सार्वजनिक गरेको हो
पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नवौं नगर अधिवेशनमा आर्थिक वर्ष २०७८/७९को लागि ८९ करोड ५६ लाख २८ हजार ५ सय २४ रुपैँया बजेट सार्वजनिक गरेका हुन् ।