सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

1370
Shares
शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाण्डाै | शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ५७ अङ्कले घटेर दुई हजार ७६ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज नेपाल टेलिकम, पिपुल्स पावर लिमिटेड र समाज लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार घटेको दिन आज स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

आज शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ । आज ७४ लाख ९१ हजार कित्ता शेयर दुई अर्ब ४३ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको १८ करोड ५९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

1370
Shares

ट्रेन्डिङ