काभ्रे : बनेपा नगरपालिकाको दुई वटा वडामा एमालेको दुईजना वटा कमिटी अध्यक्षमा महिला निर्विरोध निर्वाचित हुनुभएको छ ।
हिजो सकिएको पहिलो वडा अधिवेशनबाट वडा नम्बर ५ मा समिता थापा र वडा नम्बर १४ मा निर्मला तामाङ वडा कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
एमालेले हिजो काभ्रेको १३ वटै स्थानीय तहका वडामा अधिवेशन सुरू गरेको थियो । जिल्लाको १३५ वटा वडा मध्ये हालसम्म ११७ वटा वडामा अधिवेशन सकिएको छ । त्यसमध्ये ११५ वटा वडामा पुरुष अध्यक्ष चयन भएका छन् ।