सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • सबैकाे समाचार डटकमकाे समाचार प्रभाव: वडाध्यक्ष काभ्रेलीले स्वीकारे सडक आचारसंहिता उल्लंघन भएकाे

सबैकाे समाचार डटकमकाे समाचार प्रभाव: वडाध्यक्ष काभ्रेलीले स्वीकारे सडक आचारसंहिता उल्लंघन भएकाे

4675
Shares
सबैकाे समाचार डटकमकाे समाचार प्रभाव: वडाध्यक्ष काभ्रेलीले स्वीकारे सडक आचारसंहिता उल्लंघन भएकाे

काभ्रे : काभ्रेको धुलिखेल नगरपलिका ११ राजकुलो खोल्सीमा आचार संहिता विपरित भवन निर्माण भएको भन्दै वडा कार्यालयले आपत्ती जनाएको छ ।

वडा अध्यक्ष विष्णु धिताल(काभ्रेली)ले एक विज्ञप्ती जारी गर्दै वडामा पछिल्लो समय सडक, भवन आचारसंहिता उल्लंघन भएको भन्दै नेपाल सरकार तथा धुलिखेल नगरपालिकाबाट तोकिएका मापदण्ड पालना गर्न वडाबासीलाई आग्रह समेत गरेका छन् ।

केहिदिन अघि मात्रै उक्त वडाका स्थानीय राजकुमार श्रेष्ठले आफ्नो व्यक्तिगत प्रयोजनका लागि सडककोे मापदण्ड ख्याल नगरी आफ्नो खेतमा डोजर लगाएका थिए ।उक्त कार्यको सामाजिक सञ्जालमा समेत व्यापक विरोध भएको थियो ।

यसबारेमा सबैको समाचार डटकमले समाचार सम्प्रेषण गरेपछि वडा अध्यक्ष धितालले सामाजिक सञ्जालमा विरोध गरिएजस्तो मापदण्ड नमिचिएको बताएका थिए भने सडकको मापदण्ड अनुसार ९ मिटर छाडेर नै श्रेष्ठले खेत खनेकाे दाबी गरेका थिए ।

वडा अध्यक्ष धितालले हामीलाई सोही दिन ईन्जिनियर लगेर सडकको मापदण्ड नाप्ने भनेपनि रातीको समयमा सडक नापेको फोटो सामाजिक संजालमा सार्वजनिक भएकाे थियाे । त्यसको केहिदिन पछि धितालले आइतबार विज्ञप्ती जारी गर्दै वडामा भवन आचारसंहिता उल्लंघन भएको बताएका हुन् ।

उनले विज्ञप्ती मार्फत सडक मापदण्ड तथा भवन आचारसंहिता अन्तर्गत कुनैपनि काम गर्नु परे वडा कार्यालयबाट पूर्व अनुमति लिनुपर्ने बताएका छन् । अनुमति बिना मापदण्ड विपरितका गतिविधि भए कारबाही हुने चेतावनी समेत वडा अध्यक्ष धितालले दिएका छन् ।

यो पनि पढ्नुहोस

काभ्रेको धुलिखेल ११ ठूलीटारमा सडक मापदण्ड मिचेर खेतमा डोजर, माटो सार्वजनिक जंगलमा

 

4675
Shares

ट्रेन्डिङ