काभ्रेमा बालबालिकालाई लगाइने खोप अभियान तत्कालका लागि स्थगित भएको छ ।
बालबालिकालाई भोलिदेखि लगाइने भनिएको फाइजर खोप अभियान तत्कालका लागि स्थगित भएको हो । खोपका लागि आवश्यक पर्ने सिरिञ्ज अभाव भएका कारण अभियान स्थगित गरिएको खोप शाखाले जनाएको छ ।
खोप शाखाका प्रमुख सागर दाहालकाअनुसार सिरिञ्ज ल्याउने तयारी भइरहेकाले केही दिनमै खोप अभियान सुरु हुनेछ । काभ्रे सहित ८ जिल्लाका बालबालिकालाई यो खोप भोलीदेखि लगाइने भनिएको थियो । यसअघि ५७ जिल्लामा सुरु भएको मोडर्ना खोप अभियान भने चलिरहेको छ ।
५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको ४ गतेदेखि सुरु भएको खोप अभियान पर्सि १४ गतेसम्म चल्ने छ ।
काभ्रे,काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा भने फाइजर खोप दिन लागिएको हो ।
यी जिल्लामा पनि बालबालिकालाई विद्यालयबाटै खोप दिने सरकारले जनाएको छ ।