सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १९ जनाको पर्‍यो धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन

१९ जनाको पर्‍यो धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन

245
Shares
१९ जनाको पर्‍यो धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन

काठमाण्डौ | नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका छन्।

आवेदन दिनेमा राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ, बोर्डमा निमित्त प्रमुख डा नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीको आवेदन परेको छ।

त्यस्तै, नेप्सेका पूर्व सिइओ सिताराम थपलिया, नेपाल बैंकका पूर्व सिइओ कृष्ण बहादुर अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, डा. केशब प्रसाद श्रेष्ठ, मुक्ति अर्याल, बिमल तिवारि, प्रबिण पन्दाक, रघु काफ्ले लगायतले आवेदन दिएका छन्।

अध्यक्षको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ। धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि समितिले गत फागुन १६ गते दरखास्त आह्वान गरेको थियो।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिएका हुन्।

आवेदन दिने मध्येबाट अर्थ मन्त्रालयले तीनजना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा लैजानेछ। मन्त्रिपरिषदले एक जनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ।

245
Shares

ट्रेन्डिङ