काभ्रे फेरी कोरो नाको हटस्पट बन्दै गएको छ ।
काभ्रेमा को रो ना भाइरस बिरामी बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ४८ जनामा को रो ना भाइरसको स ङ्क्र मण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी २२२ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा स ङ्क्र म ण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कुनैपनि सं क्र मित निको भएका छैनन् । जिल्लामा संक्रमित भएकामध्ये को रो ना स ङ्क्र मण मुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ६२ छ ।
जिल्लामा सक्रिय बिरामी पनि बढेका छन् । जिल्लामा सक्रिय बिरामीको संख्या १८० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना स ङ्क्र म णका कारण कसैको पनि ज्यान गएको छैन ।
को रो नाका सक्रिय बिरामी बनेपामा सबैभन्दा धेरै रहेका छन् । बनेपामा मात्रै ७० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।
त्यस्तै धुलिखेलमा ६५,नमोबुद्धमा १२,पनौतीमा १६,मण्डनदेउपुरका ४,पाँचखालमा ७,भुम्लुका ३,रोशीमा १ र बेथानचोकका २ जना सक्रिय बिरामी रहेका छन् ।
सक्रिय संक्रमितमध्ये १७८ जना होमआइसोलेशनमा छन् भने बाँकी २ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ७२१ जनाले को रो नावि रु द्धको खोप लगाएका छन् ।
योसहित काभ्रेमा दुई लाख १० हजार ६५ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै दुई लाख एक हजार १०७ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।