सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कम्प्युटर अपरेटर १५ हजार घुस रकम सहित पक्राउ

कम्प्युटर अपरेटर १५ हजार घुस रकम सहित पक्राउ

5465
Shares
कम्प्युटर अपरेटर  १५ हजार घुस रकम सहित पक्राउ

सुनिल श्रेष्ठ ,
पर्सा , पुष , १४ , वीरगंज महानगरपालिकाका एक कर्मचारीलाई अख्तियारले रु १५ हजार घुसकाे रकम सहित पक्राउ गरेकाे छ ।

अख्तियार दुरुपायाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले आज दिउसाे महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई पक्राउ गरेकाे हाे । अख्तियारकाे एक टाेलीले वीरगंज महानगरपालिकाकाे कार्यालयमा छापा मार्दै महानगरपालिकाकाे लेखा अधिकृत रुपनारायण राउतकाे कार्यकक्षबाट कम्प्युटर अपरेटर जयसवाललाई घुसकाे रकम सहित पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिका वडा नं. ४ निवासी जयवालले वीरगंज महानगरपालिकाकाे वडा नं. ३० स्थित सडक ढलानकाे सम्पन्न प्रतिवेदनकाे लागि सेवाग्राही संग घुस मागेका थिए ।

साेही घुस रकम सेवाग्राही संग लिने क्रममा रंगे हात जयवाललाई पक्राउ गरिएकाे अख्तियारकाे टाेलीले जनाएकाे छ ।

5465
Shares

ट्रेन्डिङ