सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • कोठामा निस्सासिएर ३ महिने शिशुको मृ त्यु, आमा-बुवा बेहोस

कोठामा निस्सासिएर ३ महिने शिशुको मृ त्यु, आमा-बुवा बेहोस

3085
Shares
कोठामा निस्सासिएर ३ महिने शिशुको मृ त्यु, आमा-बुवा बेहोस

 

भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृ त्यु भएको छ।

सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृ त्यु भएको महानगरीय प्र ह री परिसर भक्तपुरका प्र हरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। दुई जना ग म्भी र अवस्थामा समेत रहेको पाण्डेले बताए।

रामेछाप मन्थली नगरपालिका घर भई सो ठाउँमा ३० वर्षीय अभिषेक रम्तेल, उनकी श्रीमती २८ वर्षीया पसुना तामाङ र तीन महिने छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा बस्थे। उनीहरू दुई वर्षदेखि त्यहाँ डेरा गरी बसेका थिए। उनीहरू सामान्य खेती किसानी गर्थे।

शनिबार बेलुकी खाना खाएर उनीहरूले कोठामा आगो तापेर सुतेका थिए। तर आइतबार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले प्र ह री लाई खबर गरेको थियो। प्र ह रीले झ्यालबाट हेर्दा उनीहरूलाई अचेत अवस्थामा देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएको थियो।

‘अचेत अवस्थामै हामीले अस्पताल पुर्‍याएका थियौं। अहिले पनि होस आइसकेको छैन। अवस्था एकदम ग म्भी र छ,’ प्र ह री नायब उपरीक्षक पाण्डेले भने। उपचारको क्रममा बिहान साढे बिहान तीन महिने छोराको मृ त्यु भएको हो।

श्रीमान र श्रीमतीको मध्यपुर अस्पतालमा उपचार भइरहेको परिसरले जनाएको छ। प्र हरी ले थप अनुसन्धान अघि बढाएको छ। मृ त कका परिवारहरू पनि अहिले सम्पर्कमा आइनसकेको प्र ह रीले जनाएको छ।

 

3085
Shares

ट्रेन्डिङ