धुलिखेल कांग्रेसमा आगामी स्थानीय तहको निर्वाचनका लागि आकांक्षी थपिदैँ गएका छन् । नगरप्रमुखको उम्मेदवारमा कांग्रेस धुलिखेलमा निकै रस्साकस्सी परिरहेको छ ।
अहिलेसम्म धुलिखेलमा कांग्रेसले कुनै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । तत्कालै उम्मेदवारको टुंगो लगाइ हाल्ने सहज परिस्थिति बनेको पनि देखिँदैनन् ।
धुलिखेल कांग्रेसबाट मेयरको उम्मेदवारमा सबैभन्दा शसक्त दाबी पत्रकार समेत रहनुभएका कांग्रेस नेता ईश्वरी ओझाको देखिन्छ । स्थानीयदेखि राष्ट्रिय राजनीतिमा समेत पहुँच राख्ने ओझाले यो पटक मेयरको टिकट ल्याउँदा आम कार्यकर्ताको भावना सम्बोधन हुने कांग्रेस कार्यकर्ताको बुझाई छ ।
जिल्ला उपसभापति रमेश प्रसाद हुमागाईले यो पटक पनि मेयरमा दोहोर्याउने आकांक्षा राख्नुभएको छ । अघिल्लो पटक हुमागाई एमाले उम्मेदवार अशोक कुमार ब्याञ्जुसंग पराजित हुनुभएको थियो ।
नगरसभापति बिदुर बस्नेतपनि मेयरको टिकट ल्याउने लाइनमा देखिनुभएको छ । त्यस्तै कांग्रेस काभ्रेका उप सचिब समीर ब्याञ्जु श्रेष्ठ, पूर्व नगरसभापति जीत कृष्ण श्रेष्ठ, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजु सबैभन्दा बढी आकांक्षी देखिनुहुन्छ । त्यस्तै रञ्जिब श्रेष्ठको नाम पछि चर्चामा छ ।
२०७४ सालको स्थानीय निर्वाचनमा धुलिखेलमा काभ्रे पार्टी दोस्रो स्थानमा छ । यो पटक कांग्रेसले आफ्नो माहोल निकै सुधार गरेको छ । एमालेका दर्जनभन्दा बढी प्रभावशाली नेता आफ्नो पार्टीमा प्रवेश गराएर कांग्रेसले आफ्नो शक्तिलाई थप मजबुद बनाएको छ ।