सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सम्रिद्द नेपाल: हामी नेपाली

सम्रिद्द नेपाल: हामी नेपाली

4615
Shares
सम्रिद्द नेपाल: हामी नेपाली

                    – नारायण खड्का

म कहाबाट सुरु गरु ,विगतबाट वा वर्तमानबाट ? यो कुनै मेरा काल्पनिक भावनाहरु होइनन | र म विगतमा फर्कन चाहेको पनि होइन तर वर्तमानको तुलनामा विगत नेपालको लागि सम्झन लायक छ | पुन;सबै जानकार विगत तर्फ फर्कनु भन्दा वर्तमान राजनैतिक अवस्थाबाट देशलाई कसरि निकास दिन सकिन्छ , यो सोच्नु मनासिब होला |
हिनताबोध र आत्माग्लानीको सिकार नबन्ने परिपाटीको निर्माण गर्न वर्तमान राजनैतिक दलहरु र नेपाली जनताले एतिहासिक एक सम्झौता गर्नु जरुरि छ | जसको निकास नत सोचेको जस्तो चुनाब बाट प्राप्त हुन्छ नत ब्यक्ति-व्यक्तिहरुबाट ..?
ब्यक्ति एक यन्त्र हो यन्त्र कोसैको रेखदेखमा चल्यो भने वा अधिनमा राखेर चलाइयो भने सोचे अनुरुपको काम गर्न सक्छ  तर बेला बखत उसका पाट-पुर्जाहरु जाच्नु पर्छ , यन्त्रलाई स्व-चालित छ भन्दै बिना अधिनमा छाडियो वा पाट-पुर्जाहरु हेरियन भने सोचे अनुरुप काम नगर्न सक्छ | ठिक यस्तै व्यक्तिलाई काम गर्न कोसैको डर भयो भने मात्र उसका हरेक ज्ञनेंद्रिय/इन्द्रिय हरुले काम गर्न सक्छ | हामी जनताले नेताहरुलाई सर्बेसर्बा ठान्नुनै घातक सावित भएको छ |
” वर्तमान राजनैतिक गतिरोध/अस्थिरता निम्त्याउने ब्यक्तिहरु बिना रेखदेख छाडीएको एक यन्त्र जस्तै हुन् वा बिना लगामको घोडा “
फरक-फरक एजेन्डा भन्दै समान बिचार परप्तिको लागि फरक-फरक बाटो अपनाउने परिपाटीबाट नेपाल अराजक अ-राजनीतिमय बनेको छ | मैले बुझ्न नसकेको हो वा उनीहरु बुझ्दैनन् आखिर जति-जति राजनैतिक दलहरु बन्दै गए पनि सबैको एउटा सोच सम्रिद्द नेपाल र नेपालको उत्थान/विकासनै हो | सिद्दान्त र ब्यबहार फरक बनेको मात्र हो , फरक बाटो हो लक्ष फरक होइन म दावाका साथ भन्न सक्छु “हरेक पार्टीको मुख्य सार सम्रिद्द नेपाल निर्माण गर्नुनै हो |
पछिल्लो समयमा राजनीतिमा गलत धारणाहरु आए “जनता जसले सत्ता चलाउछ उसैको हुन्छ ” माफ गर्नु होला महोदय ,नेपाली जनता नेपालका हुन् कुनै नेताको होइनन ” ठिक यहि धारणाको प्रभाव पटकौ पटक सरकार परिवर्तन संग जोडीयको छ |
यसबाट राज्यको ढुकुटी रित्ताउने सिवाय कुनै सुन्ने उपलब्धि हुनै सक्दैन र यहि परिपाटीबाट कहिल्यै सम्रिद्द नेपाल बन्नेछैन | आज हरेक नेपालीले नेपाल विग्रनुको पछाडी केवल नेता भनौदा ति बोक्रे भलादमी हरुलाई दिन रात सराप्छ ,बिहानको चिया पसलको गफदेखि साझको भट्टी पसलको गफ सम्म निरन्तर वहकाउछ तर उसले बिर्सन्छ त्यही नेता भानौदको लागि आफ्नो बिचारको मुल्य तोकेको ,| अधिकाग्स नेपालीले आफ्नो बिचारको मुल्य तोक्ने किनबेच गर्ने गलत परिपाटी बिसेसत्; चुनाबी अभियानको बेला छरपस्ट देखिन्छ | यहि कारणले गर्दा गलत विचार शक्तिमा पुगेको छ , अनि कसरि सम्भब छ सम्रिद्द नेपाल ?
जब सम्म रुपैया रुपी विचार/सिद्दान्तले समाजमा हैकम जमाउछ तबसम्म बन्दैन नेपाल , यदि नेपाल बनाउने र सदैब नेपाली भएर बाच्ने हो भने सबै भन्दा पहिले सम्पूर्ण नेपालीले मत हाल्न पाउने अधिकारको सहि सदुपयोग गर्न सक्नु पर्छ वा मत को किनबेच बन्द गर्नु पर्छ |
यहाँ देश बिग्रनुको पछाडी वा बाह्य हस्तक्षप बढ्दै जानुको पछाडी दोष जनता र नेता मा आधा आधा पर्छ | किनकी नेतृतव तहमा प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा गलत ब्यक्ति छान्ने हामी जनता हौ त्यसैले हामी यसबाट बाहिरिन सक्दैनौ | अब चालिनु पर्ने महत्व पूर्ण कदमहरु
  1. राष्टियता र राष्टिय एकता लाई धरापमा पार्न खोजिदै छ एसबाट बचाउनु ,
  2. संबिधान संसोधनको नाममा नेता बिसेसले देश बेचेर घर चाहन्छन यसलाई रोक्नु र देश लाई टुक्राउन बाट बचाउनु |

म कहिल्यै छिमेकीलाई दोष लगाउने मनस्थितिमा हुदिना तर छिमेकी मैले सोचेको भन्दा फरक छ | भारतीय विस्तारवादको सिकार बन्दैछ नेपाल , होला लाग्ला २/४ सय बर्ष हरु तर यहि परिस्थिति बाट गुज्रीराख्ने हो भने नेपालको समाप्ति सुनिस्चित देखिन्छ | छिमेकीले सिमानामा कहिले काही एक सियो वर लगायो भनेर चुप लाग्नुस् , अर्को/अर्को पटक एक/एक सियोहरु हातमा नाप्न सकिन्छ र यही प्रक्रियाले विस्तारै छिमेकी घाच सम्म आइपुग्नेछ |
भारत ठिक यहि रणनीति अपनाउदै छ, पछिल्लो समय नेपाल संग केहि राम्रो सम्बन्ध बनाउदै सिमानामा एक सियो लगाउने काम गरेको छ | “होसियार” अब सियो हात र घाच सम्म आउन नदिनको लागि सिमाना सम्बन्धि तोड्नै नसक्ने खालका दुइ पक्षिय सम्झौता हरु गरौ | वा सिमाना सम्बन्धि नीतिनियमलाई थप कडाई गरौ र अचम्मको कुरा नेपालको हरेक नीति नियम/ कानुनका एक/एक बुदाहरु भारत संग वक्नु पर्ने र उताबाट पास गराउनु पर्ने तर भारतको सिमाना सम्बन्धिको कानुन/नीति नियम उसैमा सिमित ..? अब खोजौ भारत संग सिमाना सम्बन्धि इस्पष्ट नीति र स्व अनुरुप आवस्यक कदम अगाडी बढाऔ |
विश्वमा कुनै पनि यस्तो राष्ट छैन जुन राष्ट विना युवा सम्रिद्द बनेको होस् | हरेक दिन हजारौ युवा हरुलाई बैदेशिक रोजगारको लागि बाहिरिन बाध्य बनाउने अनि खोज्ने सम्रिद्द नेपाल ? यो कहिले सम्भब छैन/हुदैन | “युवा बिनाको विकास र सम्रिद्दी पनि बिनाको ताल बनाउनु जस्तै हो ” तर तिमि हरु पनि बिनाको तालमा माछा पाल्ने सपना देख्दैछौ र भन्छौ हाम्रो सरकारले गर्छ सरकार परिवर्तन हुन्छ अर्को आउछ उही पुरानो थेगो बोकेर हाम्रो सरकारले गर्छ तर गर्छौ त मात्रै सरकार गठन बिगठन को काम अरु सुन्ने उपलब्धि देखिदैन |
सबभन्दा पहिले जुन कुनै तवर बाट होस् हरेक युवा हरु स्वदेशमा बस्न र गुजारा चलाउन सक्ने परिपाटी/वातावरणको सिर्जना गर्नु पर्दछ | र हरेक जवान हरु जो नेपाल भन्दा बाहिर रोजगारीको सिलसिलामा छन् यो समय हामी आफ्नो लागि मात्र सोच्ने समय होइन , यदि हामी केहि रुपैयाको कारण राष्टियता गुमाउन चाहन्छौ भने मेरो भन्नु केहि छैन , तर कृपया आफु भित्रको महत्वाकाँक्षा लाई थाती राखेर नेपाल बचाउन आफ्नै देश फिर्न सकौ |
जो विदेशिनको लागि उमेर कुर्दैछ्न , अब यसको जिम्मा राजनैतिक दल वा सरकारले लिग्नु पर्छ र बन्द रहेका कलकारखानाहरु तत्काल संचालनमा ल्याउने तथा स्व-रोजगार सम्बन्धि अभिमुखीकरण तालिमको व्यवस्था गर्दै उत्पादित उपभोग्य वस्तुको बजार ब्यबस्थापन गर्ने कार्येलाई प्राथमिकतामा राखिनु पर्छ |
अब असक्षम नेतृतव संग हामी जनताले कुनै महत्तो पूर्ण अभिलासा नापलौ , हामी आफ्नो राष्टियताको लागि वा नेपाली भएर बाच्नको लागि हरेकले अब पुन:एकपटक विगतमा हाम्रा पुर्खाले जस्तै गरि संघर्ष गरौ , केहि त्याग र वलिदान गरौ |
वर्तमान राजनैतिक अस्थिरता, वेमेल र सुन्ने अवस्था बाट राष्टलाई निकास दिनको लागि देशको युवा जनशक्तिको प्रयोग देशमै गर्न सक्ने वातावरण तयार गर्नु पर्दछ | र फरक-फरक राजनैतिक दलले समान तवरबाट जात,धर्म , भाषा र सस्कृति हरुलाई फरक-फरक एजेन्डा बनाउदै जात-जात / धर्म-धर्म बिचमा द्न्द निम्ताएका छन्, यो परिपाटिबाट अब सारा जनताले बुझ्नु जरुरि छ हाम्रो नेतृतव बिकाउ छ , दक्षिण बाट किनियको छ कुनै उत्तर जान खोज्दै छ | त्यसैले नेतृतव कर्ताहरु हाम्रा विश्वासका पात्रहरु होइनन भन्ने हेक्का सबैले गर्न सक्नु पर्दछ |
चाए त्यो मधेसी होस्,हिमाली या पहाडी हामी नेपाली हौ र नेपाली भएर सधै बाच्छौ भन्ने अठोट गर्ने, दलगत रुपमा आफ्नो पहिचान खोज्ने नभई नेपाली हुनु मा गर्भ गर्ने, राजनेता व्यक्तिगत समस्या भन्दा माथि उठेर सोच्ने र संबिधान संग्सोधनको कुरालाई कुनै पनि पार्टीले आफ्नो मात्र एजेन्डा नबनाएर समग्र नेपालको अवस्थालाई ध्यान दिन सक्यो भने मात्र बन्छ सम्रिद्द नेपाल र रहन्छौ नेपाली |

4615
Shares

ट्रेन्डिङ