सामाजिक सञ्जालमा नाबालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने काभ्रेका एक जना पक्राउ परेका छन्
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका ६ का २० बर्षीय विकेश सोँजु रहेका छन् । उनले नाबालिकाको अश्लील भिडियो बनाई पीडितको आफन्त तथा साथीभाईलाई पठाउने गरेको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।
उनले विद्युतिय कारोबार ऐन २०६३ अन्र्तगतको कसुर गरेको पाइएपछि काठमाण्डौँ जिल्ला अदालतको अनुमतिले ब्युरोबाट खटेको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।