काठमाडौं कोटेश्वरमा हाइसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षका पैदलयात्री देवकुमार सेन रहेका छन् । उनको उपचारका क्रममा बी एण्ड बी अस्पलतामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ख १२२१ नम्बरको हाइसले उनलाई ठक्कर दिएको हो । ओभर स्पिडमा रहेको हाइसले सेनलाई जोगाउन खोज्दा ०० ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।
हाइसपनि क्षतिग्रस्त भएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइते सह चालकको सिभिल अस्पताल उपचार भइरहेको छ ।