सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • यि युवती जस्ले बलत्कार गर्न खोज्ने स्वामीको लिंग च्वाट्टै पारिन

यि युवती जस्ले बलत्कार गर्न खोज्ने स्वामीको लिंग च्वाट्टै पारिन

4285
Shares
यि युवती जस्ले बलत्कार गर्न खोज्ने स्वामीको लिंग च्वाट्टै पारिन

एक भारतीय युवतीले आफूलाई बलत्कार गर्न खोज्ने एक साधुको लिंग च्वाट्टै काटिदिएकी छिन् । उनको साहसिक कार्यले सामाजिक सञ्जालमा खुबै प्रशंसा पाएको छ । भारतीय संचारमाध्यमका अनुसार धर्मगुरु हरी स्वामीले २३ वषिर्या युवतीलाई पाँच वर्षदेखि यौन शोषण गर्दै आएका थिए । अति भएपछि युवतीले तकियामुनी राखेको चक्कु झिकेर स्वामीको लिंग काटिदिएकी हुन् ।
तर, ती स्वामीले भने आफ्नो लिंग आफैंले काटेको हाँस्यास्पद दावी गरिरहेका छन् । घटना भएको स्थान केरला राज्यका मुख्यमन्त्री पिनारयी विजयनले युवतीले चालेको कदम साहसिक र प्रशंसनीय रहेको बताए । पिडित युवती कानूनकी विद्यार्थी हुन् । उनी केरलाको राजधानी थिरुभनाथपुरममा रहेको आफ्नो घरमा रहेका बेला ५४ वषिर्या स्वामीले उनीमाथि जाइलागेका थिए ।
युवतीको परिवारले उनलाई गुरु मान्दै आएको थियो । युवतीमाथि स्वामीले यस्तो हर्कत गरिरहँदा घरमै रहेको परिवार भने बेखबर रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख जि स्पार्जन कुमारले भने, ‘लिंग काटिएपछि हरी स्वामीलाई गम्भीर अवस्थामा नजिकैको सरकारी अस्पतालमा पुर्‍याइएको थियो ।’
आपत्कालिन उपचारपछि अहिले उनको अवस्था स्थिर रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कुमारका अनुसार प्रहरीले स्वामीविरुद्ध बलत्कार तथा यौन शोषणको मुद्दा दायर गरेको छ । ‘ती युवतीले हामीलाई बताएकी छिन् कि उनको परिवार स्वामीको अन्धभक्त थियो । घरमा विभिन्न बहानामा उनी आइरहन्थे र परिवारले उनलाई न्यानो आतिथ्य दिन्थ्यो,’ कुमारले भने । केही चरणको काउन्सिलिङपछि युवतीलाई प्रहरीको संरक्षणमा राखिएको छ ।
-एजेन्सी

4285
Shares

ट्रेन्डिङ