सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नेपाल तामाङ पत्रकार सङ्घमा काभ्रेका पाँच पत्रकार

नेपाल तामाङ पत्रकार सङ्घमा काभ्रेका पाँच पत्रकार

3150
Shares
नेपाल तामाङ पत्रकार सङ्घमा काभ्रेका पाँच पत्रकार

नेपाल तामाङ पत्रकार सङ्घमा काभ्रेका पाँच जना पत्रकार अटाएका छन् ।

एक सचिवसहित चार जना पत्रकार सदस्य पदमा निर्वाचित भएका छन् । सङ्घको शनिबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट काभ्रेबाट सचिव पदमा शिशिर लामा दोङ निर्विारोध निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्यहरुमा इकमान लामा, कृतिका घलान,हिरामान तामाङ र मिलन लामा दोङ निर्विरोध चयन भएका हुन् । संघको अध्यक्षमा सुवास योञ्जन चयन भएका छन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा सङ्घको शनिबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट योञ्जनका अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन, प्रथम उपाध्यक्ष विश्वराज तामाङ, द्वितीय उपाध्यक्ष नेत्र तामाङ, महिला उपाध्यक्ष अञ्जु तामाङ, महासचिव तीर्थराज बल, सचिवमा काभ्रेका शिशिर तामाङ, उर्गेन लो तामाङ र सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन हुनुभएको छ ।

यस्तै १८ जनालाई सदस्यमा चयन गरिएको छ । नवनिर्वाचित अध्यक्ष योञ्जनले आफ्नो कार्यकालमा तामाङ पत्रकारको क्षमता र मुद्दालाई अझै उचाइमा पु¥याउने बताउनुभयो ।

 

3150
Shares

ट्रेन्डिङ