सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • आत्महत्याको डरलाग्दो श्रङ्खला

आत्महत्याको डरलाग्दो श्रङ्खला

3910
Shares
आत्महत्याको डरलाग्दो श्रङ्खला

जानीजानी, आफुखुशी अर्थात कसैको दबाबमा नपरी आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ । ‘आत्महत्या’ शब्दले आत्माको हत्या जनाउँछ । तर ‘आत्मा’ को हत्या गर्न सम्भव छैन । स्वयंले गरेको शरीर हत्यालाई नै आत्महत्या भन्ने गरिन्छ । नेपालमा गरिएको एउटा अध्ययन अनुसार प्रत्येक एक लाख जनसंख्यामा नौ देखि दस जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । अर्थात प्रत्येक वर्ष दुई हजारदेखि तीन हजार व्यक्तिले नेपालमा आत्महत्या गर्ने सम्भावना देखिन्छ ।
मनिसमा निको नहुने वा दिर्घरोगको शिकार भई जिन्दगीदेखी नै उजाड लागेर पनि आत्महत्या हुने गरेका छन् । समाजबाट बेज्जत हुँदा , आफुले सोचेको जस्तो नहुँदा , प्रेममा धोका पाँउदा, लेनदेनमा विवाद हुँदा, आर्थिक समस्याले सताउँदा समेत आत्महत्या हुने गरेका छन । आत्महत्या गर्नु अघि लेखिएको सुसाइड नोटको अध्ययन गर्दा आत्महत्या गर्ने अधिकाशंले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ । भावनात्मक पिडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन् ।
आत्महत्या गर्न चाहने व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेको आत्महत्याको बाटो रोज्ने गरेको अनुमान गर्न सकिन्छ । पछिल्लो समय काभ्रेमा पनि आत्महत्याको डरलाग्दो श्रृङ्खलाहरु देखिए । काभ्रेको बनेपा बसपार्कमा होटल ब्यावसाय संचालन गर्दै आएका एकै परिवारका ४ जना सदस्यहरुको रहस्यमय रुपमा सामूहिक आत्महत्या गर्नु, धुलिखेलमा श्रीमान श्रीमती एउटै पासो लगाएर झुण्डिएरका आत्महत्या गरेका छन ।
आत्महत्यको पछिल्ला श्रृङ्खलाहरुलाई हेर्ने हो भने पनि काभ्रेम ागर्नेको संख्या बढ्दै गएको पाईन्छ । काभ्रे जिल्लामा आत्महत्या रोकथामको बारेमा समयमा नै सोच्न सकिएन भने यसले विकराल रुप लिन सक्छ । आत्महत्याका घटनाहरू रोकथाम तथा न्यूनीकरण गर्न शैक्षिक तथा जागरण कार्यक्रमहरूको ठूलो भूमिका हुन्छ । त्यसैले आत्महत्या न्यूनीकरणका लागि ठाउँ ठाउँमा आत्महत्या रोकथाम केन्द्रहरूको स्थापना गर्न आवश्यक छ ।
-यो सम्पादकिय आजको काभ्रे बाट प्रकाशित हुने काभ्रे सन्देश बाट साभार गरिएको हो ।

3910
Shares

ट्रेन्डिङ