सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • निसास्सिएर दुई महिने छोरा र आमाको मृत्यु

निसास्सिएर दुई महिने छोरा र आमाको मृत्यु

9585
Shares
निसास्सिएर दुई महिने छोरा र आमाको मृत्यु

काठमाडौं    मंसिर , ३० ,  काठमाडौंको कीर्तिपुरमा निसास्सिएर आमा र छोराको मृत्यु भएको छ । कोठा तातो बनाउन भन्दै कोइला बालेर सुतेका ३२ वर्षीय शर्मिला रञ्जितकार र उनका २ महिनाको छोराको मृत्यु भएको हो । कोठामा सँगै सुतेका शर्मिलाका श्रीमान् नमराज रञ्जितकार बिरामी भएका छन् ।

जाडो मौसम भएको र सुत्केरी भएको कारण सानो कोठामा सबै झ्याल ढोका बन्द गरी कोइला बालेर सुतेका उनीहरुमध्ये शर्मिला र दुई महिनाको बालक बिहान मृतअवस्थामा फेला परेका हुन् ।

बिहान श्रीमती र छोरालाई उठाउँदा नउठेपछि घचघच्याउँदा मृत्यु भइसकेको पाएपछि नमराजले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले रातोपाटीलाई बताए ।

9585
Shares

ट्रेन्डिङ