होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
आइतवार, अशोज १४, २०८०
  • होमपेज
  • पहिलो गाँसमै ढुङ्गाः मुक्तिनाथको नाम बदनाम

पहिलो गाँसमै ढुङ्गाः मुक्तिनाथको नाम बदनाम

पहिलो गाँसमै ढुङ्गाः मुक्तिनाथको नाम बदनाम

मेरो बैंक, तपाईको बैंक, हामी सबैको बैंक मुक्तिनाथ विकास बैंकको नारा दिएर काठमाडौंमा केन्द्रिय कार्यालय सुचारु गरेको मुक्तिनाथ विकास बैकले गतसाता राजधानीको अन्नपूर्ण होटलमा करोडौं खर्च गरि एक भव्य कार्यक्रम गर्यो ।
नेपाली जनताको पैसामा महंगो रक्सी देखि महंगा बदेलको तरकारी खुवाएर चिप्ला कुरा गरेर काठमाडौंको मुटु कमलादीमा केन्द्रिय अफिस स्थापना गरेको घोषणा गर्भनर डा.चिरञ्जीवी नेपालबाट गर्यो ।
समाचार सुत्र भन्दछः नेपालकै राम्रो र चुत्ताँपुजी बढी भएको विकास बैंक आफुलाई बताउदै आएको मुक्तिनाथ विकास बैंकले कमलादीको केन्द्रिय कार्यालय १० वर्षको भाडाँमा मासिक १ लाख २५ हजारमा लिदा त्यस बैंकका अध्यक्ष मीन प्रसाद गुरुङ र सिइओ भरतराज ढकालले मोटो कमिशन लिएको उजुरी अख्तियार र राष्ट्र बैंकमा परेको छ ।
गरिब नेपाली जनताको पैसामा फूपूको श्राद्ध गर्ने बैंकको बोर्ड र व्यवस्थापन टिमको वारेमा राष्ट्र बैंकमा उजुरी समेत परेको खुलेको छ ।
चर्को र लोकप्रिय नारा दिएर राजाधानीमा केन्द्रिय कार्यालय स्थापना गरेको मुक्तिनाथ विकास बैंकको पूँजी बृद्धि योजना नै अलपत्र पर्ने देखिन्छ । गर्भनर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्दै अन्नपूर्ण होटलको कार्यक्रममा भनेका थिएः– जनताको पैसा लिने र चर्को नाफा लिनेहरुको नाम बनेका छन् ।
‘बैंक’ यस्तो अवस्था छ अहिले मुक्तिनाथ बैंकमा १५ देखि २० प्रतिशतमा ग्रामीण क्षेत्रका जनतालाई कर्जा दिएको र चर्को नारा दिदै भगवान मुक्तिनाथको नाम भजाएरको भेटिएको छ । (अख्तियारको पत्र सहित अर्को अंकमा) राजतिलक साप्ताहिकबाट साभार गरिएको ।

ट्रेन्डिङ