सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रमुख दलका शीर्ष नेताले पनि आज उम्मेदवारी दर्ता गराउँदै

प्रमुख दलका शीर्ष नेताले पनि आज उम्मेदवारी दर्ता गराउँदै

2635
Shares
प्रमुख दलका शीर्ष नेताले पनि आज उम्मेदवारी दर्ता गराउँदै

काठमाडौँ, १६ कार्तिक । दोश्रो चरण अन्तर्गत हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख दलका शीर्ष नेताले पनि आज उम्मेदवारी दर्ता गराउँदैछन् । नेपाली कंग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट उम्मेदवारी दिँदै हुनुहुन्छ । प्रतिनिधिसभामा एउटा मात्रै क्षेत्र रहेको डडेल्धुरामा वारेस नामा मार्फत प्रधानमन्त्री देउवाले उम्मेदवारी दिँदै हुनुहुन्छ ।

आफ्नो कार्य व्यस्तताका कारण प्रधानमन्त्री देउवा गृह जिल्ला जान नसक्ने भएकाले वारेस नामाबाट उम्मेदवारी दर्ता गर्न लागिएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापा ५, नेता माधव नेपालले काठमाडौं २ र झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।

एमाले नेता सुवास नेम्वाङ्गले इलाम २ बाट मनोनयन दर्ता गराउँदै हुनुहुन्छ । माओवादी हकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि मनोनयन दर्ताका लागि चितवन पुग्नु भएको छ । चितवन क्षेत्र नम्बर ३ मा मनोनयन दर्ताका लागी दाहाल हिजो गृह जिल्ला पुग्नुभएको हो । काठमाडौं क्षेत्र नं १ मा कांग्रेस नेता प्रकाशमान सिंह, कृष्ण सिटौलाले झापा ३ बाट र एमाले महासचिव ईश्वर पोखरेल काठमाडौं ५ र माओवादी केन्द्रका कृष्णबहादुर महाराले दाङ २ बाट उम्मेदवारी दर्ता गराउनु हुने भएको छ ।

2635
Shares

ट्रेन्डिङ